Logo

मुख्यमन्त्री शेरधन राई हेलिकप्टरमा ससुराली (तस्बिर हेर्नुस्)



काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकोप्टर चढेर ससुराली पुगेका छन्। झण्डै दुई महिना अघि उनी हेलिकप्टरमा ससुराली गएको भएपनि तस्बिर अहिले सार्वजनिक भएका हुन् ।

गत माघ ११ गते संखुवासभाकी मोडल जङमु शेर्पासँग काठमाडौँमा विवाह गरेका मुख्यमन्त्री राई त्यसको केही समयपछि हेलिकोप्टरमा ससुराली पुगेका थिए । सामाजिक सञ्जालमा अहिले तस्बिर सार्वजनिक भएपछि भाइरल भएको छ ।

मुख्यमन्त्री राइकी पत्नी जङमुले मंगलवार सामाजिक सञ्जालमा राखेपछि भाइरल भएका हुन् । त्यसपछि ती तस्बिरलाई लिएर मिडिया र सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ।

जङमुले सामाजिक सञ्जालमा शेरधनको ससुराली यात्राका ११ वटा तस्बिरहरु सार्वजनिक गरेकी छन्। जसमा राई दम्पती हेलिकप्टरमा उभिएकोदेखि ससुरालीमा भेटघाटसम्मका तस्बिर समावेश छन् ।

उनले आफू गाउँमा जन्मिएको तर नबसेको, गाउँ सुन्दर रहेको र विकासमा पछाडि रहेका कारण मुख्यमन्त्री राईको ध्यानाकर्षण समेत गरेको बताएकी छन्।

‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो’, फेसबुकमा शेरधनपत्नी जङमुले लेखेकी छन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ।

सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो। मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महशुस गरे किनकि त्यहाँ सडक, विद्युत, शिक्षा, स्वास्थ्य र सञ्चार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ। अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ। सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता