Logo

फेरी परिस्थिती यस्तो भयो, माधव नेपाल पनि प्रचण्डलाई छोडेर ओली तिरै फर्किए !



काठमाडौ । नेकपाको वैधानिकताबारे सर्वोच्च अदालतले आइतबार गरेको फैसलाअनुसार एकीकरण हुनुअघिका एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि सबै भन्दा अप्ठेरो माधव नेपाल समुहलाई परेको छ ।

राजनीतिक उथल पुथलका बेलामा प्रचण्ड पुर्ववत माओवादी केन्द्रमा छन् भने प्रधानमन्त्री ओली नेकपा एमालेमा । तर ओलीको साथ छोडेर प्रचण्डको साथमा आएका माधव नेपालको समुह भने अप्ठेरोमा परेको छ ।

त्यसैले नेपाल समुहले पुर्ववत नेकपा एमालेमै रहेर प्रधानमन्त्री ओलीको प्रवृत्ती विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । ओली समूहले त विभिन्न जिल्लामा पार्टी कार्यालयमा रहेका नेकपाको बोर्ड हटाउँदै एमालेको बोर्ड राख्नसमेत सुरु गरिसकेका छन् भने प्रचण्ड नेपाल समुह आगामी योजनाका बारेमा छलफलमा जुटेका छन् ।


तर अदालतले फैसला गरिसकेकाले नेपाल पक्ष पनि एमालेभित्रै रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको छ। यो निर्णय लिएर नेपाल पक्षले पेरिसडाँडामा प्रचण्ड सहितको नेतासंग स्थायी कमिटी बैठकमा सहभागी भएका छन् ।

राजनीतिक घटनाक्रमले पानी बाराबारको अवस्थामा पुगेका ओली र नेपालबीचको अबको सम्बन्ध कस्तो हुनेछ त्यो त भविष्यले नै बताउला ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता