Logo

सोमवार भगवान शिवको विशेष दिन स् पूजा गर्दा जप्नुस् यी मन्त्र, तत्काल पुग्नेछ मनोकामना (पुजा बिधी सहित)



काठमाडौं । आज सोमवार । सोमवार भगवान शिवको विशेष दिन । आजको दिन भगवान शिवको पुजा आराधना गर्दा शिव प्रशन्न हुने विश्वास गरिन्छ । हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन।

सोमवार शिवालयहरुमा भक्तजनको विशेष भिड लाग्छ । सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले तत्काल मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ। ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे यहाँ प्रस्तुत गरिएको छ ।

भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ। जुन व्यक्तिको कुण्डलीमा ग्रहको दोष रहेको छ उसले जीवनका हरेक पाइलामा असफलता भोग्नु पर्ने हुन्छ।

यसको दोष निवारणका लागि सोमबारको दिन भगवान शिवको पूजा विधि सहित केही मन्त्र जप्नुपर्ने हुन्छ । जसबाट शिव छिटो प्रसन्न हुने धार्मिक विश्वास रहँदै आएको छ । मन्त्र स् ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नमस्

पूजा विधि सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन, चामल, बेलपत्र र धतुरोको फूल चढाउनुहोस्।

यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् । अब कपूर, गंध,फुल,धतुरो र भस्मले शिवजी लाई अभिषेक गरौ। अंतमा आरति गरौ र मन बाट मनोकामना पूर्ति को कामना गरौ।

सोमवार शिवलिंगको पूजा अर्चना गरीसकेपाछि कुशको आसनमा बसेर रुद्राक्ष माला द्वरा शिवको मन्त्रको जाप गरेमा विलक्षण सिद्धि तथा मनको ईच्छा पुरा हुन्छ। र अन्तिममा धुप ,दीप बालेर आरती गर्नुहोस्।

भगवान शिव तुरंत र चाडै प्रसन्न हुने भगवान हुन। त्ससैले उनिलाई आशुतोष भनिन्छ। जानौ भगवान शिव को प्रिय ११ यसतो सामग्री जसलाई अर्पित करने गर्दा भोलेनाथ हरेक कामना पुरा गर्छन। यो ११ सामग्रीहरु हुन जल, बेलवपत्र, अंकड़ा, धतूरा, भांग, कर्पूर, दूध, चावल, चंदन, भस्म, रुद्राक्ष ‘‘

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता