Logo

अब नेकपा कस्कोरु आइतबार आउनसक्छ यस्तो निर्णय



सर्बोच्चले नेकपा नाम बिवादबारे आइतबार निर्णय सुनाउने भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टी भएको थियो । तर उक्त पार्टी पहिले नै निर्वाचन आयोगमा दर्ता भएकाले नाम विवाद थियो ।

अझै समाधान नभएको नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय सर्वोच्च अदालतले आइतबार सुनाउने भएको हो । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय भएको थियो ।

तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक बिदा परेकाले यही फागुन २३ गते आइतबार उक्त विवादको निर्णय सुनाउने भएको हो ।

नेपाल कम्युनिस्ट पाटी नेकपा ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सम्पन्न भइसकेको छ ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गरेका थिए ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिएपनि केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपा को पक्षमा निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता