काठमाडौंमा बर्डफ्लु देखिएपछि, साढे १५ हजार पन्छी नष्ट, पशु विभागले जारी गर्यो यस्तो अपिल
काठमाडौ । काठमाडौंमा फेरी वर्डफ्लू देखिएपछि सतर्कता अपनाइएको छ । काठमाडौको तारकेश्वरमा बर्डफ्लु पुष्टि भएपछि झन्डै साढे १५ हजार पन्छी न ष्ट गरिएको छ । यस अघि पनि तारेश्वरमै वर्डफ्लू देखिएको हो । पशु सेवा विभागले काठमाडौमा वर्डफ्लु देखिएपछि ४ बुँदे अपिल जारी गरेको छ।
विभागले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा रहेका व्यावसायिक र्फाममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४६४ पन्छी न ष्ट गरिएको हो।
बर्डफ्लु रोग तुरुन्त नियन्त्रण गर्न तथा अन्यत्र फैलिन नदिन संघ, प्रदेश तथा स्थानीय तहका लागि अपिल जारी गरिएको हो । पंक्षि र पशु सेवासँग सम्बन्धित सबै निकाय परिचालन गरी सं क्र म ण फैलिन सक्ने पन्छीलगायत सबै वस्तु न ष्ट गरिएको छ।
त्यस क्रममा बर्डफ्लु देखिएको क्षेत्रका ५,६५७ लेयर्स कुखुरा, ७,२३६ ब्रोइलर कुखुरा, २,५०४ लोकल कुखुरा, ५० टर्की र १७ बट्टाई न ष्ट गरिएको विभागले जनाएको छ।
बर्डफ्लु फैलिन नपाओस् भनेर विभागले सम्बन्धित सबैका लागि चारबुँदे अपिल पनि जारी गरेको छ। जुन यसप्रकार छ ।
१। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू गर्नरगराउन हुन
२। सम्पूर्ण पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरफाइसमा विशेष ध्यान दिनहुन
३। घरपालुवा पन्छीलाई जंगली पन्छीहरूको सम्पर्कमा आउन नदिन खुला रूपमा गरिने पन्छी पालनलाई निरुत्साहित गर्नरगराउन हुन
४। पन्छी तथा पन्छीजन्य पदार्थको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नरगराउन हुन, कुनै पनि पन्छी फार्म वा अन्य पन्छी पालन वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मेरमा तत्काल नजिकको पशु निकायमा सूचना गरिदिन हुन।