Logo

मोटरसाइकल किनेर खुसि हुँदै घर फर्केका युवक घर पनि पुग्न पाएनन्



धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–३ हुलाकी राजमार्गमा पूर्वबाट पश्चिम आउदै गरेको अनटेस्ट मोटरसाइकलले डल्लबलाई ओभर टेक गर्दा भएको दुर्घटनामा १ जनाको निधन भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी धनगढी उपमहानगरपालिका–१९ का अन्दाजी ४० वर्षीय खकेन्द्र चौधरी रहेका छन्।

दुर्घटनामा परि गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।

त्यस्तै भक्तपुर नगरपालिका–घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको टिपरले ठक्कर दिँदा एक पुरुषको निधन भएको छ ।

बा ५ ख ४७९ नं को टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफीगाउँपालिका–७ घर भई नाइटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङ्को निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले टिपर र चालक सिन्धुपाल्चोक साँगा चोक गढी नगरपालिका–११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता