Logo

केपी ओलीकै वाटोमा शेरधन राई, भन्छन् प्रदेश सभा पनि भंग हुन सक्छ



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अहिले नेकपाको पनि अनौपचारीक विभाजन भएको छ । त्यसको असर प्रदेश सरकारहरुमा पनि पर्न थालेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भंग हुनसक्ने बताएका छन् । उनलाई पनि प्रधानमन्त्रीले बैठक छलेको भनेजस्तै प्रदेशसभा छलेको आरोप लाग्दै आएको छ ।

मुख्यमन्त्री राई विरुछ आन्दोलनरत प्रचण्ड माधव पक्षले अविश्वासको प्रस्ताव समेत दर्ता गरेको छ । पुस १२ मा अविश्वास प्रस्ताव दर्ता भएपछि उनले त्यसको सामना गर्छु भनेका थिए । तर अहिले उनको बोली फेरीएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ प्रदेशसभा सदस्यमध्ये पाँचजनाले आफ्नो हस्ताक्षर फिर्ता पनि लिए पनिसरकार जोगाउन पुग्ने मत छैन ।

प्रमुख विपक्षी कांग्रेसले समर्थन नगर्ने र आफ्नो एकल बहुमत नपुग्ने अवस्था आएपछि सत्तारुढ पक्षले प्रदेशसभा नै अवरुद्ध गरेको छ । जसका कारण प्रदेशसभा बैठक हुन सकेको छैन । फागुन ९ मा बोलाइएको बैठक पनि अन्यौल छ । त्यस अघि प्रचण्ड माधव पक्षका सांसदहरुलाई भेटेर अविश्वासको प्रस्ताव फिर्ता लिन गरेको आग्रह पनि सुनुवाई भएको छैन ।

अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति नभई वैठक बोलाउने संकेत पनि देखिएको छैन । प्रचण्ड माधव पक्षले अविश्वासको प्रस्ताव फिर्ता नलिने र कांग्रेस पनि सहमतिमा नआएका कारण उनी अप्ठेरोमा परेका छन् । कांग्रेसले निर्णय नगरेसम्म बैठक सञ्चालन गर्न नहुने उनको बुझाई छ ।

समस्याको समाधान नभए प्रदेशसभा भंग हुनसक्ने मुख्यमन्त्री राईको भनाई छ । उनले भने, ‘म त्यो पक्षमा छैन, तर उहाँहरु (प्रचण्ड–माधव समूह)को रबैयाका कारण त्यहाँ नपुग्ला भन्न सकिन्न’ उनले भने ।

आफू विघटनको पक्षमा नरहेको भएपनि प्रचण्ड माधव पक्षको ब्यवहारका कारण त्यस्तो अवस्था पनि नआउला भन्न नसकिने उनको तर्क थियो । उनले आफु प्रदेशसभा भंग हुनुपर्छ भन्ने पक्षमा नभएकै कारण अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भन्ने थाहा पाएर पनि अधिवेशन आह्वानको सिफारिस आफुले गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता