Logo

नेकपाका नेताको प्रदर्शन राष्ट्रको ढुकुटी सक्ने प्रपञ्च । अध्यक्ष केसी



अर्घाखाँची । नेकपाका नेताको प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले राष्ट्रको ढुकुटी सक्ने प्रपञ्च भनेका छन् ।

प्रगतिशील पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रर्दशन गरेको आरोप लगाए ।

अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिताभन्दा सत्ता र स्वार्थमा लागेको आरोप लगाए ।

भारतले हडपेको लिम्पियाधुरा र कालापानी लगायतको भू–भाग समेटेर नक्सा सार्वजनिक गरेपछि उनीहरूकै इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको समेत आरोप लगाए ।

अध्यक्ष केसीले मुलुकमा अस्थिर राजनीतिका कारण राजावादीहरूसमेत सलबलाएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता