Logo

रामकुमारी झाँक्रीले प्रहरीलाई रिहा गरे लगतै प्रहरीसंग यस्तो माग राखेपछि प्रहरीले पनि गरिदियो माग पुरा (भिडियो हेर्नुस्)



काठमाडौं । आन्दोलनरत नेकपाकी नेता रामकुमारी झाँक्रीलाई करीव ६ घण्टा पछि प्रहरीले रिहा गरेको छ । विहिवार दिउसो पक्राउ परेकी उनलाई प्रहरीले साँझ रिहा गरेको हो । उनलाई प्रहरीले विना सर्त रिहा गरेको हो ।

उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको हो । विहिवार उनलाई शंखमुल स्थित निवासवाटै प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी अपराध महाशाखा मिनभवनमा लगिएको थियो । उनीसंग प्रहरीले लिखित वयान लिएको छ ।

नेता झाँक्रीले राष्ट्रपतिप्रति आफ्नो सम्मान सधैँ रहेको लिखित वयान दिएकी छन् । उनलाई प्रहरीले सोधपुछका लागि भन्दै बोलाएको थियो । तर झाँक्री प्रहरीकहाँ उपस्थित हुन नगएपछि पक्राउ गरिएको हो ।

राष्ट्रपतिका बारेमा उनले दिएको विवादित अभिब्यक्तिका कारण पक्राउ गर्न चर्को दवाव परेपछि सोधपुछका लागि बोलाउँदा नआएपछि घरमै गएर ल्याएको प्रहरीले उनलाई अदालती अभियोजन प्रक्रियामा लैजान नचाहेको देखिएको थियो ।

झाँक्रीले रिहा हुने बेला दिएको लिखित वयानमा भनेकी छन्– संवैधानिक राष्ट्रपति प्रति मेरो हिजो पनि सम्मान थियो,आज पनि छ र भोलि पनि रहन्छ । मैले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हक उपभोग गरेको हो ।

अपराध महाशाखाका प्रमुख दिपक थापाले सोधपुछका क्रममा राष्ट्रपतिको अपमान गर्ने उद्देश्य नरहेको र सम्मान रहेको लिखित वयान दिएपछि रिहा गरिएको बताएका छन् ।
झाक्री रिहा भए लगतै पत्रकारहरुसंग कुरा गर्दै प्रवृत्तिका विरुद्ध बोल्न नछोड्ने बताएकी छन् । उनले राष्ट्रपतिको संस्थामाथि भन्दा पनि व्यक्तिको आचरणबारे बोलेकाले कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएकी छन् । उनले भनिन्, व्यक्तिको आचरणविरुद्ध बोलेको हो । बोलिहरन्छु । मलाई कुनै पश्चाताप छैन ।

उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष गरिन् । ‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता