प्रेम दिवसलाई १ करोड रुपैयाँको गुलाफको माग, ६० लाखको आयत
काठमाडौँ। प्रेम दिवस (प्रणय दिवस) फेब्रअरी १४ आउन ४ दिन बाँकी छ । यस दिन प्रेमी जोडीहरुले एक–अर्कालाई फूल, कार्ड र उपहार स्वरुप विभिन्न सामानहरु आदनप्रदान गर्ने चलन छ ।
सोही अवसरमा यस दिन करोडौं रुपैयाँको गुलाफको फूलको कारोवार समेत हुने गरेको छ ।
यस वर्षको पे्रम दिवसमा अनुमानित १ लाख २० हजार स्टिम गुलाफको फूलको माग रहेको फ्लोरिकल्चर एशोसियसन अफ नेपाल ९फ्यान० ले जनाएको छ ।
एशोसियसनका अध्यक्ष कुमार कसजुका अनुसार माग हुने गुलाफमा डच रोज तथा कलकत्ते लोकल रोज रहेका छन् ।
‘यो नेपालभरीको अनुमानित बजार माग हो, काठमाडौँ उपत्यकामा मात्र करिब ७२ हजार स्टिम गुलाफ खपत हुने र बाँकी ४८ हजार स्टिम गुलाफ काठमाडौँ भ्याली बाहिरको शहरहरुमा खपत हुन्छ’ उनले भने ।
८० प्रतिशत आयात
नेपालमा मागअनुसार गुलाफको उत्पादन हुन सकेको छैन ।
अन्य स–साना कार्यक्रम र सजावटका लागि नेपालकै उत्पादनले धाने पनि प्रेम दिवसका लागि भने हरेका वर्ष गुलाफको आयात बढ्दै गइरहेको छ ।
‘बजारको मागअनुसार २० प्रतिशत अर्थात् २४ हजार स्टिम मात्र आन्तरिक उत्पादनबाट र ८० प्रतिशत अर्थात् ९६ हजार स्टिम गुलाफको फूल आयात गर्नुपर्नेछ’ कसजुले खबरहबसँग भने ।
साथै फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकुल मौसम अर्थात जाडो सिजन हुने भएकाले यहाँका गुलाफको आन्तरिक उत्पादनमा कमी आएकाले आयात वर्षेनी बढेको उनले बताए ।
फूलको गुणस्तरअनुसार प्रति स्टिमको ६० देखि सय रुपैयाँसम्म मुल्य हुने उनले बताए ।
यसवर्षको प्रेम दिवसमा एकदेखि सवाँ करोडसम्मको फूलको कारोवार हुने फ्यानको अनुमान छ ।
गत वर्ष १ लाख २० हजार स्टिम गुलाफको फूल आयात भएको थियो भने यो वर्ष २४ हजार स्टिम घटेको छ ।
गत वर्ष प्रति स्टिम रु ८० देखि सय को हाराहारीमा २ लाख स्टिम गुलाफको कारोवार भएको थियो ।
नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रति दिन सरदर ८ हजार स्टिम गुलाफको माग रहने गरेको छ भने ८० प्रतिशत आन्तरिक उत्पादनबाट र बाँकी २० प्रतिशत अन्य देशहरुबाट आयात हुने् गरेको छ ।
यद्यपी यस वर्षभने कोभिड १९ का कारणले उत्पादन तथा बजार मागमा ४० प्रतिशतले कमी आएको छ । कोरोनका कारण देश लकडाउन भएसँगै थला परेको पुष्प क्षेत्रमा व्यवसायीले प्रशस्त फूल फूलाउन सकेनन् ।
बजार चलायमान नभएको खण्डमा फूल फ्ँयाक्नु पर्ने स्थिति आउला भन्ने डर व्यवसायीमा अझैं कायमै छ ।
नेपालमा गुलाफ फूलको व्यावसायीक खेती मुख्य गरी काठमाडौँ उपत्यका भित्रको तीन जिल्ला, चितवन, काभ्रेपलाञ्चोेक रहेको छ भने अन्य जिल्लाहरुमा पनि गुलाफ फूलको व्यावसायीक खेती विस्तार हुने क्रममा रहेको छ ।