Logo

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा यसरी जनसागर उर्लियो



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बृहत जनसभा सुरु भएको छ। सभाअघि काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो ।

पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको हो।

जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको छ। ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ आज बृहतसभाको आयोजना गरिएको पार्टीले जनाएको छ।

जुलुसमा कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँँ, हामी जनता जाग्दैछौँ निर्वाचनमा लाग्दैछौँ , कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ जस्ता नारा लगाइएको छ। पार्टी प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट नेता, कार्यकर्ता र पार्टी समर्थक आएका बताए।

सभा सफलतापूर्वक सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललगायत नेताले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता