Logo

विराटनगरमा ‘तिम्रो घरमा सुनको खानी छ’ भन्दै धामी आए : ५० हजार पनि लगे, २४ वर्षीय छोरी बेपत्ता बनाए



काठमाडौ । अन्धविश्वासमा परेर विराटनगरका एक परिवारले रु ५० हजार गुमाएका छन् भने घरधनीकी छोरी पनि बेपत्ता भएकी छन् ।

यही माघ १० गते तिम्रो घरमा सुन गा’डि’एको छ, म धामी हुँ भन्दै विराटनगर महानगरपालिका–१९ का दिनेश मण्डलले वडा नं ४ का ध्रुवनरायाण माझीको आमासँग रु ५० हजारसहित उहाँकी २४ वर्षीय छोरी गजेश्वरी माझीलाई पनि बेपत्ता बनाएको छोरा ध्रुवनारायण माझीले आज यहाँ पत्रकार सम्मेलन गरेर आरोप लगाउनुभयो ।

घरको पैसा र बहिनीसमेत बेपत्ता भएपछि प्रहरीमा उजूरी दिएको र सो उजूरीको अहिलेसम्म सुनवाइ नभएको उहाँको आरोप छ । समाजमा धामीझाँक्रीको नाममा ठगी गर्नेलाई हदैसम्मको कारवाही हुनुपर्ने उहाँको भनाइ छ ।

आफू घरमा नभएको बेलामा मेरी आमालाई ललाइफकाई गरेको, सम्पत्तिसहित बहिनी पनि हराएको पत्तो आफूले दुई दिनपछि मात्र थाहा पाएको बताउँदै उहाँले थाहा पाउने वित्तिकै प्रहरीमा उजूरी दिएको जानकारी दिनुभयो ।

आमालाई अनेक कुरा गरेर मोहित पार्न सफल धामी मण्डलले कलाजादु जस्तै एउटा औँठी घरबाट निकालेको र यही लोभमा परेर आमाले रु ५० हजार धामीलाई दिएको उहाँले बताउनुभयो ।

धामीले भने अनुसारको सुन निकाल्न भनेपछि धामी भा’गे को बताइएको छ । धामीले बाहिर पूजा गर्नुपर्छ र कुमारी कन्या पनि चाहिन्छ भनेर गजेश्वरीलाई लिएर भा’गे को धामी अहिलेसम्म पत्तो नलागेको र प्रहरीले पनि जाहेरी कर्ताको उजूरीमा ध्यान नदिएको माझीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता