Logo

जनकपुरमा झडप : नेकपा नेता रामचन्द्र झा घाइते



जनकपुर । नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा नेकपा नेता रामचन्द्र झाको टाउकोमा चोट लागेको छ ।

बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो ।

झडपमा प्रहरीको लाठीबाट झाको टाउकोमा चोट लागेको हो । झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता