शव दाहसंस्कार गर्नेबेला जब युवती उठेपछि‘!
एजेन्सी । हामीले यस्तो घटना सायदै सुनेका हौँला । सुने पनि फिल्ममा मात्र । तर यस्तो घटना भारतको उत्तर प्रदेशमा भने साँच्चिकै भएको छ ।
उत्तर प्रदेशको मेरठा जिल्लामास्थित मवानामा एक युवतीको मृत्यु भएको भनेर शव गाड्न लागिएको थियो ।
त्यहि बेला नै नै युवती जुरुक्क उठेपछि सबे चमत्कार भयो भन्न थाले । तर केहि घण्टा पछि नै उक्त युवतीको मृत्यु भयो ।
कसैले यसलाई चमत्कार र कसैले अस्पतालको लापरवाही बताईरहेका छन् । एक २१ वर्षकी उक्त युवती स्वास्थ्य अवस्था बिग्रिएपछि उनी अस्पतालमा भर्ना भएकी थिइन् ।
२४ अगस्टमा उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा डाक्टरहरुले उनलाई मृत घोषित गरे । तर अन्तिम संस्कारका बेला उनी जुरुक्क उठेकी थिइन् ।
प्रतिकात्मक तस्वीर