Logo

पहिराेका कारण राजमार्ग कर्णाली राजमार्ग अवरुद्ध



जुम्ला,भदौ १३ गते । कर्णाली राजमार्ग अवरुद्ध भएकाे छ । गएराति भएकाे अविरल वर्षापछि आएकाे पहिराेका कारण राजमार्ग अबरुद्द भएकाे हाे ।

गएरातीकाे अविरल वर्षापछि राजमार्गकाे अन्तर्गत एसमाेड र गगनेखाेलामा पहिराे आएका कारण राजमार्ग अबरुद्द भएकाे जिल्ला प्रहरी कार्यालय कालिकाेले जानकारी दिएकाे छ । विहानैदेखी राजमार्ग अबरुद्द भएपछि सवारी जाम बढ्दै गएकाे छ ।

यद्पी अवरुद्ध खुलाउन पहिराे पन्छाउने कार्य जारी रहेकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ । कर्णाली राजमार्गमा निरन्तर आईरहेकाे पहिराेले सास्ती भएकाे छ । विशेषगरी एसमाेडमा धेरै पहिराे आईरहेकाे छ ।

वर्षासंगै पहिराे आउने क्रम जारी रहेकाेले सडककाे अबस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजनले अनुराेध गर्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता