को वास्तविक सुकुम्वासी हो ? पत्ता लगाएर समस्या समाधान गरियोस : नेता बलायर
काठमाण्डौं,भदौ ९ । नेपाली कांग्रेसका सांसद प्रेमबहादुर बलायरले सुकुम्वासी समस्या समाधानका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई आग्रह गरेका छन् । आइतबार कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद बलायरले को वास्तविक सुकुम्वासी हो ? पत्ता लगाएर समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका हुन् ।
बैठकमा उनले भने, ‘ताप्लेजुङ र दार्चुलाबाट आएर बागमतीमा सुकुम्वासी हुन पाइन्छ कि पाइँदैन यो पत्ता लगाउन आवश्यक छ । वास्तविक भूमिहीन सुकुम्वासीहरू पहाडका दलितहरू छन् । देशका नागरिक भएपनि भूमिहीन हुन त भएन । पहाडमा बस्ने ६० देखि ७० प्रतिशत दलितहरू भूमिहीनको अवस्थामा छन् । उनीहरू जहाँ बसेका छन् त्यहाँ तेरो घर भत्काइदिऊँ भनेर धम्की सुनिरहनु पर्ने अवस्था कायमै छ । सबैभन्दा पहिला दलित सुकुम्वासीहरूको समस्या टुंग्याउन मेरो आग्रह छ ।’
यस्तै उनले गुठी अन्तर्गत रहेका जग्गाहरूमा देखिएको समस्या समाधान गर्न पनि सरकारलाई आग्रह गरे ।