Logo

त्रिभुवन विश्वविद्यालयमा असुरक्षा बढेकाले सुरक्षा प्रबन्ध गर्न माग



काठमाण्डौं,भदौ ५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई लगातार धम्की आएपछि सुरक्षाका लागि सार्वजनिक रुपमा अपिल गरेको बताएकी छन् । यो अपिल सरकारसँग नभई जनतासँग गरिएको उनको भनाइ छ ।

आज बिहान मन्त्री भट्टराईले फेसबुकमा स्टाटस लेख्दै त्रिभुवन विश्वविद्यालयमा असुरक्षा बढेकाले सुरक्षा प्रबन्ध गर्न माग गरेकी थिइन् ।

उनले फेसबुकमा स्ट्याटस लेक्दै भनेकी छिन् – ‘त्रिभुवन विश्वविद्यालयमा केही दिन देखी पदाधिकारी माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वबिद्यालय असुरक्षित भनेको छ । त्रिभुवन विश्वबिधालयमा सुरक्षाका लागि ब्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्री सँग जोरदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन यस्तो कृयाक्लापमा संलग्न ब्यक्तीहरुलाई कानुनी दायरामा ल्याई कारवाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भिरताका साथ अनुरोध गर्दछु ।’

स्रोतका अनुसार डीनलाई रेक्टर कार्यालयले दोस्रो नम्बरमा रहेका सहप्राध्यापकको नाम पहिलो नम्बरमा पठाएपछि स्पष्टीकरण सोधेको छ । तर, डीन कार्यालयबाट जवाफ आएको छैन ।

तर, डीन कार्यालयबाट आएको नामावली अनुसार नियुक्ति गर्न दबाब तथा धम्की आइरहेको भन्दै पदाधिकारीले गत शुक्रबार शिक्षा मन्त्रालयमा आवश्यक सुरक्षाको व्यवस्था गरिदिन अनुरोध गर्दै पत्र पठाएका थिए । उक्त पत्र गृह मन्त्रालयमा फरवार्ड गर्ने भनिए पनि शिक्षा मन्त्रालयमै थन्किएको थियो ।

यही क्रममा असुरक्षा भएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल, रेक्टर खड्क केसी र रजिष्ट्रार केदार बिदामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता