Logo

आमा बन्दै छिन श्वेता खड्का



काठमाण्डौ । भर्खरै सुदुर पश्चिमका विजेन्द्र रावतसंग विबाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्का आमा बन्दै छिन् । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो साँचो हो । उनी रियल लाईफमा नभई रिलमा आमा बन्ने भएकी हुन् ।

चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन् ।

उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन् । ‘

हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन् ।

चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने छ । कोरोना महामारी र लकडाउनको अवस्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ । डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन् । चलचित्रमा उनको अहम् भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता