Logo

सलिना र आर्यनको ‘हामी छौं’ सिरिजको गीतको भिडियो सार्वजनिक



काठमाडौं,असार २४ । सलोन सलिना फिल्म्सको ‘हामी छौँ’ सिरिज ड्रामाको गीतको भिडियो सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंको रंजना हलमा उक्त सिरिजको ‘हामी छौँ’ बोलको भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतलाई आनन्द अधिकारीले लेख्नु भएको हो भने शम्भुजीत बाँस्कोटाले संगीत भर्नु भएको हो । त्यस्तै गीतलाई प्रताप दास र रचना रिमालले गाउनुभएको छ ।

कार्यक्रममा बरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा,भिडियोका निर्देशक रामजी लामिछाने, सिरिजका कथाकार शुशिल देवकोटा लगाएतले शब्द संगीत र भिडियो राम्रो बनेको बताए । त्यस्तै गायिका रचना रिमालले बरिष्ठ संगीतकार शम्भुजीत ज्युको संगीतमा गाउन पाउँदा र यस् सिरिजमा जोडिन पाउँदा ज्यादै खुशी लागेको बताईन् ।

त्यस्तै उक्त सिरिजका नायक नायिका द्वय सलिना बस्नेत र आर्यन पौडेल रहेका छन् ।

कार्यक्रमा दुबैले बोल्दै ‘पहिलो प्रयास रहेको र समाजमा बिद्दमान रहेका घटनाहरु संगालेर बनाइएको यस् सिरिजमा सबै दर्शकश्रोताको माया पाउने अपेक्षा रहेको छ ।’ भन्नु भयो ।

सलोन सलिना फिल्मस को प्रस्तुतीमा निर्माण भएको सिरिजमा सोभित बस्नेत,सलोन बस्नेत,करिश्मा केसी र सलिन बस्नेत निर्माता हुनुहुन्छ । त्यस्तै रामजी राउतको निर्देशन र सुशिल देवकोटाको कथा रहेको छ । मिडिया कोअर्डिनेटरमा कुमार आचार्य रहेका छन् ।

उक्त कार्यक्रममा आबद्द रहेका संस्थाहरु क्रमश:  जावा बाइक कम्पनी,कामना बिकास बैंक,भरतमोहन अधिकारी फाउण्डेशन र रोटरी क्लब अफ नागार्जुन लगायतका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता