Logo

असार २४ गते सोमबारको राशिफल हेर्नुहोस्



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काममा मन प्रशस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पिडा दिनेहरु सक्रिय हुनेछन्, सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । धन नाश हुने योग छ । अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुनेछ । आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । साथै, धनमाल कमाउने दिन छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला । मनमा चिन्ता बढ्ने योग छ । साथै, धनमाल हराउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रिय जनसँगको भेटले मन प्रफुल्ल रहला । भाग्यले साथ दिनेछैन । खर्च बढ्नुका साथै लेन देनमा विवाद बढ्नेछ, संयम भएर काम गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । व्यापारमा सफलता पाउनुहोला, यात्रा गर्ने अवसर पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नुपर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मान सम्मान मिलेपनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता