Logo

कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध हुँदा यात्रुहरु अलपत्र



काठमाडौं,असार २३ । कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

राजमार्गको कालीकोट खण्डमा तीन ठाउँमा गएको पहिरो पन्छाउन बाँकी रहेकाले आइतबार बिहानसम्म पनि राजमार्ग सञ्चालन हुन नसकेको हो ।

राजमार्गको दैलेख खण्डमा अवरुद्ध भएको सड्क भने सञ्चालनमा आइसकेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका-१, गगने खोला, खाँडाचक्र नगरपालिका-२, उम्ल बजार र तिलगुफा नगरपालिका -६, टिमुरेमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी विनोद शर्माले जानकारी दिए ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीदेखि सुर्खेत आउने सवारी साधनहरू बीच बाटोमा रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता