Logo

रास्काेट नगरपालिकाकाे मिनि मार्केटमा दूध डेरी उद्योग संचालन



कालिकाेट,असार २१ । कालिकाेट जिल्लाकाे रास्काेट नगरपालिकाकाे मिनि मार्केटमा “रास्काेट दूध डेरी उद्योग” संचालनमा आएको छ । आज नगरपालिकाका प्रमुख धर्मराज शाहीले उक्त दुध डेरीको औपचारिक उद्घाटन गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख मेयरले “किसानले दुध बेचेर पनि मनग्य कमाइ हुन्छ भन्ने कुरा डेरी उधोग स्थापनाले जनाएको छ । तसर्थ किसानको मेहनतलाई यस् दुध डेरीले उचित मुल्य दिई दुध उत्पादनका लागी प्रोत्साहन गरोस् । त्यस्तै संचालकलाई  धन्यवाद दिन चाहन्छु ।”भन्नु भयो  ।

सरकारको थोरै अनुदानमा स्थापना भएको उक्त डेरी उधोगका संचालक तुलराज संज्याल हुन् । उक्त डेरी स्थापनाले सो क्षेत्रका किसान लावान्वित हुने कुरामा संचालक संज्याल ढुक्क रहेको बताउँछन् । “हामीले यस् क्षेत्र वरपर रहेका सबै किसानका दुध संकलन गरी दुधजन्य पदार्थबाट बिभिन्न परिकार बनाइ बेच्नेछौं । संचालक सन्ज्यालले बताउनु भयो ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका मेयर,स्थानियबासी र लब्धप्रतिष्ठित ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता