Logo

गायक चक्र बमको ‘हिरुलाल’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )



काठमाण्डौं,असार १९ । गायक चक्र बम को हिरुलाल बोल को म्युजिक भिडियो सार्वजनिक भएको छ । आज काठमाण्डौंको आएनआई सिनेमा हलमा एक समारोह बिच सार्वजनिक भएको हो ।

उक्त हिरुलाल गीतको शब्द रतन देवकोटाको रहेको छ भने गायक चक्र बम,डिक्रा देवी बादी र रचना रिमालको स्वर रहेको छ । गीतलाई चक्र बमले संगीत भरेका छन् । त्यस्तै भिडियोमा चक्र बम ,रेनु नाथ योगी र बाल कलाकारमा संजय परियारले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको कथा गोबिन्द परियारले लेखेका हुन् भने रतन देवकोटाले निर्देशन गरेका छन् । त्यस्तै सौरभ लामिछनेले छायांकन र सम्पादन गरेका छन् ।

सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा प्रचलित रहेको हिरु र लाल को मौलिक भाका र कथालाई लिएर बनाइएको यस भिडियोमा आर्थिक अवस्था कमजोर भएका कारण छुट्टीएका हिरु र लाल बहादुरको कथा समेटी लेक देउडा तथा ठाडी भाकाको माध्याम बाट कर्णालीको जनजीवन अभिब्यक्त गर्न खोजिएको निर्देशक देवकोटाले बताए ।

उक्त भिडियो सार्वजनिक समारोहमा राप्रपाका प्रबक्ता तथा सांसद ज्ञानेन्द्र बहादुर शाही,बरिष्ठ पत्रकार टिकाराम यात्री र लब्धप्रतिस्ठित ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता