Logo

बबिना भट्टराईको स्वर तथा संगीतमा अनु विज्ञातीको प्रेमिल गीत ‘आभास’ सार्वजानिक



काठमाण्डौं,असार १४ गते । गीतकार अनु विज्ञाती को ‘आभास’ बोलको गीत सार्वजनिक भएको छ ।

पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको छ ।

इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘न्यु एण्ड फ्रेस’ मा अडियो सार्वजानिक भए लगत्तै बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक गरिएको हो ।

उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ ।

म्युजिक नेपालको स्टुडियोमा नकुल कार्की र अनिल अधिकारीले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो ।

गीतको भिडियोमा बबिना आफैले गरेकी छिन् । जस्केलो क्रियशनको तारतम्यमा प्रकृतिको सुन्दर स्थलमा छायाकंन गरिएको भिडियोमा यमुना पाण्डेको श्रृङ्गार कलाले सजिदै बबिनाले अनु बिज्ञातीका शब्दका भावहरु, संगीतको झंकार अनि आफ्नै स्वरको भाव भिडियोमा सर्लक्क उतारेकी छिन् । हेर्नुहोस् भिडियो : –

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता