Logo

राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा



सुर्खेत,असार १४ गते । पहिलो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक ई स्पोर्ट्स संघ नेपाल (ईशान) ले सुर्खेतको विरेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । कर्णाली प्रदेश ई स्पोर्ट्स संघ सह–आयोजक रहेको प्रतियोगिताको अन्तिम खेल शुक्रबार र शनिबार सुर्खेतमा सञ्चालन हुदैछ ।

ईशानका सचिव आशिष दाहालले प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका सम्पुर्ण खेलाडी सुर्खेत आईसकेको बताए । पब्जी मोबाईल, मोबाईल लेजेण्ड्स र ई फुटबल समावेश गरिएको राष्ट्रिय च्याम्पियनसिपको छनोटमा पब्जीमा १ सय ३६ टिम, मोबाईल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १ सय ९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मोबाईल लेजण्ड्स र ई फुटबलको फाइनल शुक्रबार अनलाईनमा हुनेछ भने पब्जी मोबाईलको फाईनल ल्यान ईभेन्ट शुक्रबार र शनिबार सुर्खेतमा हुने सचिव दाहालले बताए ।

कुल पुरस्कार राशी १२ लाख रहेको प्रतियोगितामा पब्जी मोबाईलमा ९ लाख, मोबाईल लेजेण्ड्समा २ लाख र ई फुटबलमा एक लाख रुपैयाँ प्रदान गरिने छ ।
यस वर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारलाई सहयोग पुर्याउने उद्धेश्यले पहिलो राष्ट्रिय प्रतियोगिताका लागि सुर्खेतलाई छनोट गरिएको संघका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसीले बताए । उनले राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट दशौं राष्ट्रिय खेलकुदमा ई स्पोर्ट्स प्राथमिकतमा पर्ने विश्वास ब्यक्त गरे ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले आधुनिक प्रविधिको खेल प्रतियोगिता कर्णालीमा हुनु सिंगो प्रदेशका लागि खुसीको विषय भएको बताए । कर्णाली प्रदेशमा रहेका ई स्पोर्ट्सका खेलाडीको आकर्षणलाई हेरेर प्रदेशले आयोजनामा सहयोग गरेको बताए । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश ई स्पोर्ट्स संघले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता