Logo

राष्ट्रिय जुडोमा एकै परिवारका तीन खेलाडीलाई स्वर्ण



काठमाण्डौं,असार ११ । राष्ट्रिय जुडो प्रतियोगिताको १९ औं संस्करणमा एकै परिवारका तीन जनाले स्वर्ण जित्न सफल भएका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठ तथा बहिनी देवकीमाया र निशाले आ–आफ्नो तौलसमूहमा स्वर्ण जितेका हुन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगिताको ६६ केजीमुनिमा इन्द्र, ५२ केजीमुनिमा देवकी र ४८ केजीमुनिमा निशाले स्वर्ण जिते । इन्द्र नेपाल प्रहरी तथा देवकी र निशाले बागमती प्रदेशबाट खेलेको थिए । तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । तीनै खेलाडीका प्रशिक्षक सूर्यनारायण श्रेष्ठ हुन् । इन्द्र र देवकीले १९ औं एसियाली खेलकुदमा समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगितामा प्रहरी ८ स्वर्ण, २ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बन्यो । बागमती ३ स्वर्ण, २ रजत र ३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको नेपाल आर्मीले २ स्वर्ण, ४ रजत र ५ कांस्य हात पा¥यो । १४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा एपीएफ क्लबले बाँकी १ स्वर्ण हासिल ग¥यो । चौथो भएको एपीएफले १ रजत र ४ कांस्य पनि जित्यो । प्रतियोगितामा सात प्रदेश र ३ विगभाीय गरी १० टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता