Logo

पोखरामा राष्ट्रिय पुरुष हक्की सुरु



काठमाडौं, असार ११ गते । नेपाल हक्की संघको आयोजनामा पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की पोखरामा सोमबारदेखि सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा भएको प्रतियोगिताको पहिलो दिन ६ खेल सम्पन्न भएको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

पहिलो दिनको खेलमा घरेलु टोली गण्डकीले एकमा जित एकमा हार निकाल्दा, विभागिय टोली नेपाल आर्मीले दोहोरा जित आत्मासात् ग¥यो ।
उद्घाटन खेलमा गण्डकी विभागिय टोली नेपाल पुलिस क्लब संग ३–१ ले पराजय व्यहोरेको छ । खेलमा नेपाल पुलिसका सुरेशप्रसाद जोशीले १४ र १८ मिनेटमा दुई गोल गरे भने अर्को गोल रोमन रानाले खेलको ३० औं मिनेटमा गरेका थिए । गण्डकीका लागि एक मात्र गोल खेलको २३ औं मिनेटमा पवन परियारले गरेका थिए । खेलमा रोमन प्लेयर अफ दि म्याच बने ।

अर्को खेलमा घरेलु टोली गण्डकी बिजयी भयो । प्रतियोगिता अन्तर्गत नै भएको पहिलो चरणको छैटौं खेल तथा आफ्नो दोस्रो प्रतिस्पर्धामा गण्डकीले कोशी प्रदेशलाई ६–० को भारी गोल अन्तरले पारजित गरेको हो । गण्डकीका अशिम बाहेकले ह्याट्रिक गरे । उनले ७, १५ र २० औं मिनेटमा गोल गरे भने म्याच अफ दि प्लेयर समेत रहेका प्रेम विकले एक गोल गर्दा कुशल नेपालीले २ गोल गरे ।

यस्तै विभागिय टोली आर्मीले कर्णाली प्रदेश विरुद्ध ५–० ले जित निकालेको छ भने बागमती प्रदेश विरुद्ध ८–० ले जितेको हो । कर्णाली विरुद्धको खेलमा दिपेन्द्र ऐरले ह्याट्रिक पुरा गरे । उनले खेलको ९, १२ र १३ मिनेटमा गोल गर्दा खेलको १४ औं मिनेटमा प्रदिप राजवंशी र एक गोल २५ औं मिनेटमा अमर बहादुर गुरुङले गरे । खेलमा दिपेन्द्र प्लेयर अफ दि म्याच घोषित भए । त्यस्तै बागमती संग भएको खेलमा प्लेयर अफ दि म्याच समेत रहेका दिपेन्द्र राजवंशीले ४ गोल गरे भने अमर बहादुर गुरुङले २ गोल गर्दा राजेन्द्र कार्की र दिपेन्द्र ऐरले १–१ गोल गरे ।

प्रतियोगिता अन्तर्गत नै भएको खेलमा मधेश प्रदेश बिजयी भएको छ । बागमती विरुद्धको खेलमा ३–० ले बिजयी भएको हो । खेलमा अजय शाहले खेलको २ मिनेटमा नै मधेशका लागि खाता खोले भने सविर शेख र रुपेश राईले टिमका लागि थप १–१ गोल गरे ।

लुम्बिनीलाई कोशीले २–० गोलले पाखा लगाएको छ । खेलमा मणिकुमार विश्वकर्मा र उत्तम चमारियाले समान १–१ गोल गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै राखेपका सदस्यसचिव टंकलाल घिसिङले आफू संधै खेलाडीहरुको सारथी बन्ने बताएका छन् । नेपालको इतिहास बोकेको खेल हक्कीलाई नजिक बाट हेरिरहेको बताउँदै भने–“नेपाली खेलाडीहरुलाई सम्मान गर्न कानुन नै निर्माण गरेर हामी अघि बढेका छौं । यहाँहरु आ–आफ्नो खेलबाट अघि बढनुहोस् । म यहाँहरुको सारथी बनेर यहाँहरुको साथमा रहनेछु ।”

समाजले खेलाडीहरुलाई हिरोको रुपमा हेरेको र खेलाडीहरुनै समाजको अग्रभागमा रहेकोले निरन्तररुपमा अघि बढ्न समेत सुझाव दिंदै सदस्य सचिब घिसिङले आफू सदैव हक्कीको विकासका लागि सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गरे । उनले भने–“पोखरामा विभिन्न प्रतियोगिताहरु निरन्तर भइरहेको छ । पोखरालाई खेलकुदको हव बनाउँदै व्यवसायिक खेलकुदको विकास संगै यसको उचाई बढाउन समेत परिषद तयार रहेको छ ।”

सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले पोखरामा यस प्रकारका कार्यक्रम हुनुले खेलकुदको विकासमा सहयोग पुगने उल्लेख गरे ।

नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यहि असार १२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागिय टोलीसहित विभिन्न ६ प्रदेश गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि बिजेताले नगद रु ५० हजार, उपबिजेताले नगद रु ३० र तेश्रोले नगद रु १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता