Logo

अभिक गोल्डेनगेट एसईई कप चेस २०२४ को शीर्षस्थानमा



काठमाडौं,असार ९ । हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु भएको गोल्डेनगेट एसईई कप २०२४ ¥यापिड चेस प्रतियोगिताको पहिलो दिन अभिक शाह ४ अंकसहित शीर्षस्थानमा रहेका छन् ।

जेम्स स्कुलका १८२५ रेटिङका अभिकले गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीमा आयोजित एसईई कपमा मन्जयकुमार पटेल, विभूषित कायस्थ, तेजश अटल र रोहित श्रेष्ठलाई पराजित गर्दै ४ अंक बनाएका हुन् । शीर्ष वरीयता १९७२ रेटिङका पुरुषोत्तम सिलवालले पनि हरेन्द्रकुमार महतो, स्वीतकराज जोशी, शम्बुहाङ राई र निश्चल अधिकारीलाई पराजित गर्दै अभिकसमान ४ अंक बनाए । तर, समान अंक भएपनि टाइब्रेकरको आधारमा अभिक शीर्षस्थानमा छन् ।

स्वीस प्रणलीको आधारमा सपात राउन्डमा आयोजित प्रतियोगिताको पाँचौं चरणमा आइतबार पुरुषोत्तम र अभिक आपसमा प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै, ६ खेलाडीले समान ३ अंक जाडेका छन्, जसमा तेजश, स्वस्तीकराज, निश्चल, विभूषित, रोहित, रोहन खतिवडा, अनुप सिवाकोटी छन् । शम्बुहाङ २ अंक बटुल्दै पहिलो दिन शीर्ष १० मा रहे ।

गल्र्सतर्फ अंशु दिल प्रजापति शीर्षस्थानमा छिन् । उनले २ अंक बनाएकी छन् । जेसिका सिंह १ अंकसहित दोस्रो स्थानमा छिन् । हिमालयन चेस एकेडेमीको आयोजना तथा गोल्डेनगेट इन्टरनेसनल कलेजको प्रायोजनमा आयोजित एसईई कप सातौं चरणको प्रतिस्पर्धासँगै आइतबार सम्पन्न हुनेछ ।

यसपालि एसईई परीक्षा दिएका खेलाडी सहभागि प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपियाँसँगै गोल्डेनगेट इन्टरनेसनल कलेजमा छात्रवृत्ति पाउनेछन् । गोल्डेनगेटमा उपलब्ध जुनसुकै विषयमा विजेतालाई शतप्रतिशत, उपविजेतालाई ७५ प्रतिशत र तेस्रो हुने खेलाडीलाई ५० प्रतिशत छात्रवृत्ति दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता