Logo

नरेन्द्र र पूर्णलक्ष्मी पहिलो



काठमाडौं, असार ९ गते । नेपाल आर्मीकाद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुला अपहिल केडिसी रनमा शनिबार पहिलो भएका छन् । २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुष र पूर्णलक्ष्मी महिलामा पहिलो भएका हुन् ।

नरेन्द्रले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा पूरा गरे । दोश्रो भएका करण रावलले १ घण्टा २१ मिनेट ५५ सेकेन्ड तथा तेश्रो स्थानका सुशिलकुमार शाहीले १ घण्टा २४ मिनेट ४६ सेकेन्ड समय निकाले । दुवै आर्मीका हुन् । सोलुखुम्बुका अर्जुन कुलुङ राई चौथो तथा आर्मीका गोपाल तामाङ पाँचौं स्थानमा रहे ।

पूर्णलक्ष्मीले निर्धारित दूरी तय गर्न १ घण्टा ४७ मिनेट समय लगाइन् । आर्मीकी निर्मला केसी १ घण्टा ५० मिनेटमा दोश्रो तथा खोटाङकी प्रिया राई १ घण्टा ५१ मिनेट ०८ सेकेन्डमा तेश्रो भए । नेपाल प्रहरीकी लाक्पा निमा शेर्पा चौथो तथा ओखल्ढुंगाकी छोकी शेर्पा पाँचौं बने ।

दुवै समूहमा शीर्ष पाँच स्थानमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका कार्यकारी समितिका सदस्य एवं आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवर, राखेपका सदस्य अञ्जन धमला, चन्द्रबदना राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन पनि सदस्य–सचिव घिसिङले गरेका थिए ।
सो अवसरमा सदस्य–सचिव घिसिङले ट्रेल रेसका लागि नेपाल उत्तम गन्तब्य भएको बताउदै विदेशी खेलाडीलाई आकर्षित गर्ने योजना बनाइ देशको अर्थतन्त्र बृद्धिमा टेवा पुर्‍याउनुका साथै पर्यटन प्रवद्र्धनमा महासंघले जोड दिनु पर्ने बताए ।

दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भइ दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरीको मत्छेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्क्यापाटी हुँदै पुनः माइती रिसोर्टमै आएर टुंगिएको थियो । दौडमा नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ, ४ राष्ट्रका ५ विदेशीलगायत गरी २ सय ६५ धावक-धाविको सहभागिता रहेको आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता