Logo

आर्मीलाई उपाधि



काठमाण्डौं,असार ८ । नेपाल आर्मीले सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । लैनचौरस्थि राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा आर्मीले एपीएफलाई २५–२४ को साँघुरोअन्तरले पराजित गर्‍यो ।

उपाधिसंगै आर्मीले १ लाख र उपविजेता एपीएफले ५० हजार नगद पुरस्कार पाए । तेश्रो भएका नेपाल प्रहरी र सुदूरपश्चिमले समान २५–२५ हजार नगद पुरस्कार हात पारे ।

अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगितामा आर्मीकी अनुजा कुलुङ राई उत्कृष्ट खेलाडी घोषित भइन् । अनुजाले ११ हजार नगद पुरस्कार पाइन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य प्रकाशकुमार कुसारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असार ४ गतेदेखि सुरु भएको प्रतियोगितामा ५ प्रदेश (गण्डकी÷कर्णाली बाहेक) र तीन विभागीय टोली गरी ८ टिमले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले आफू परिषद्को नेतृत्वमा आएपछि खेलकुद नियमावली– २०७९ पारित भएको र सो नियमावलीमा भएको खेलाडी पुरस्कार सम्बन्धी व्यवस्थालाई टेकेर १९ औं एसियाली खेलकुदका पदक विजेता र जारी आईसीसी विश्वकप टी– २० क्रिकेटलाई छनोट भएको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली पुरस्कृत भइसकेको बताए । उनले त्यसअघि पनि खेलकुद नियमावलीमा रहेको पुरस्कारको व्यवस्थाको आधारमा खेलाडीलाई पुरस्कृत गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता