Logo

एनओसी अवार्ड आइतबार



काठमाडौं, असार ७गते । नेपाल ओलम्पिक कमिटी (एनओसी ले विभिन्न १० विधामा एनओसी अवार्ड आइतबार प्रदान गर्ने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (जुन २३) का अवसरमा एनओसीले ठमेलस्थित एलोफ्ट होटलमा हुने एक कार्यक्रमबीच अवार्ड प्रदान गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनओसीका सदस्य समेत रहेका अवार्ड आयोजक कमिटीका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले जानकारी दिए ।

तेश्रो संस्करणको अवार्डमा एनओसी उत्कृष्ट पारा खेलाडी, एनओसी उत्कृष्ट पुरुष-महिला खेलाडी, एनओसी उत्कृष्ट पुरुष÷महिला प्रशिक्षक र एनओसी उत्कृष्ट संघलाई अवार्ड प्रदान गरिने छ । पारा विधा पहिलोपटक समावेश गरिएको हो ।

त्यस्तै खेलकुद पत्रकारितातर्फ छापा, अनलाइन, टेलिभिजन र फोटो विधामा ४ जनालाई पुरस्कृत गरिने छ । दसै विधाका विजेतालाई प्रशंसा पत्रसहित जनही ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । सोही अवसरमा ‘एनओसी प्रेसिडेन्ट रिकोग्निसन’ पनि प्रदान गरिने एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले जनाएका छन् ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यक्रमले ओलम्पिकको मूल्य र मान्यतालाई स्थापित गराउन र खेलकुदको विकासमा टेवा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता