Logo

सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने



काठमाण्डौं,असार ४ । पूर्वको पर्यटकीय गन्त्व्य मुन्दुम ट्रेल प्रर्वद्धन गर्न सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । पर्यटन बोर्डमा सोमबार आयोजित एक कार्यक्रमका बीच मुन्दुम ट्रेल भ्रमण वर्ष घोषणा गरिएको हो ।

मुन्दुम ट्रेलमा किराती बाहुल्य भोजपुर, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभालगायत पर्यटकीय क्षेत्रहरू पर्दछन् । यो ट्रेल सहज पदमार्गका रूपमा परिचित छ । भ्रमण वर्षको मुख्य आकर्षणमा गोठस्टे, सुन्तला, धामी, साकेला उभौली र उधौली, रुद्राक्षलगायत महोत्सव आयोजना गर्ने र एक लाख बढि पर्यटक भित्र्याउने आयोजकको योजना छ । सो अवसरमा बोल्दै पूर्व पर्यटनमन्त्री सुदन किरातीले मुन्दुम ट्रेल अरु भन्दा फरक सांस्कृतिक मार्ग भएको उल्लेख गर्दै यसको प्राकृतिक स्वरुप नबिग्रिने पर्यटन विकास गर्नु पर्ने बताउनु भयो ।

उहाँले रैथाने र मौलिक संस्कृति सहितको पर्यटन नै नेपालको पर्यटनको विशेषता रहेको भन्दै मुन्धुमको प्रर्वद्धनले समग्र पर्यटनमा टेवा पुग्ने बताउनु भयो । पूर्व मन्त्री शंकर शर्माले मुन्दुम ट्रेल एउटा नयाँ र मौलिक पर्यटकीय गन्तव्य भएको र यसको प्रर्वद्धनले पूर्वको पर्यटनमा नयाँ आयाम थपिने बताउनु भयो ।

पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटकीय स्थानहरुको प्रर्वद्धनमा पर्यटन बोर्डले नियमित काम गरिरहेको उल्लेख गर्दै मुन्दुम ट्रेल प्रर्वद्धनका बोर्डको साथ सहयोग रहने बताउनु भयो । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले स्थानीय तहले अपनत्व नलिएसम्म ट्रेलको प्रवर्द्धन गर्न गाहे हुने बताउँदै स्थानीय तहलाई यसको संरषण र प्रर्वद्धनको जिम्मा दिनुपर्ने धारणा राख्नु भयो ।

मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी भएको जानकारी दिनुभयो । उहाँले सात वर्षदेखि ट्रेलको प्रवर्द्धन र प्रचारप्रसार गर्दै आएकामा सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन थालिएको जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका सल्लाकारहरु रामकुमार राई पासाङ, प्रदेश सांसद विनोद बान्तावा राई, स्विस डेभलपमेन्ट कर्पोरेसनका प्रतिनिधि सुशील श्रेष्ठ , मुन्दुम ट्रेल पर्यटन दुत अभिनेता दयाहाङराई, साल्पा सीलिछो गाउँपालिकाको अध्क्षय दौलत कुलुङ ,संस्थाका सल्लाहकार हरिबहादुर राई लगायतले मुनधुम टे्रल प्रवद्धएनका बारेमा बोल्नु भएको थियो ।

कार्यक्रममा गायक राजेशपायल राई, कलाकार दयाहाङ राई, अल्ट्रा धावक मिरा राई, विश्व साइकल यात्री पुष्कर शाह र माउण्टेन गाइड तथा पर्वतारोही पेम्बा वाङचु शेर्पालाई पर्यटन दूत घोषणा गरिएको थियो । चखेवा डाँडा , टेम्के डाँडा सोही ठाउँको टेम्के मन्दिर , हाँस पोखरी र साल्पासिलिचुङ यस मुन्धुम पदमार्गका मुख्य पर्यटकीय स्थल प्रचुर मात्रा रहेको छ । भोजपुर र खोटाङको सिमानामा अवस्थित टेम्के डाँडा (३ हजार १६५ मिटर) बाट शुरू हुने पदयात्रा मैयुङ डाँडा, सिलिचुङ डाँडा हुँदै साल्पा पोखरीमा टुङ्गिन्छ । मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ ।

खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको सीमा क्षेत्रमा रहेको मुन्धुम पदमार्ग २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नैपर्ने सय वटा पर्यटकीय गन्तव्यको सूचीमा यो पदमार्ग पनि परेको थियो । त्यसयता टेम्केमैयुङ साल्पासिलिचुङ शृङ्खलाको चर्चा हुनुका साथै यो पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने पहल भइरहेको छ । पुर्वबाट धरान , भेडेटार , धनकुटा हिले हुँदै भोजपुर बजारबाट पश्चिम खोटाङको जाने सडकमार्ग हुँदै चखेवा भन्ञ्याङ बाट जान सकिन्छ ।

चखेवामा रहेको होमस्टेमा बास बसेर अर्को दिन मुन्धुम जान सकिन्छ । यता, काठमाडौंबाट खोटाङ दिक्तेल चखेवा भएर पनि मुन्धुम जान सकिन्छ । टेम्केको केही वर रहेको खोटाङको सिमाना छुट्टिने चखेवा डाँडा बाट पदयात्रा गरेर मुन्धुम पदमार्ग पुग्न सकिन्छ । बर्खामास तथा फागुन चैतको समयमा यहाँ हरियाली हुने , गुराँस फुल्ने गर्दछ भने मनोरम दृश्य देख्न सकिन्छ । किराती सभ्यता, संस्कृति र जीवनदर्शनको समग्र रूप मुन्धुम हो ।

किराती राई बहुल क्षेत्रमा पर्ने भएकाले पदमार्गको नाम मुन्धुम राखिएको हो । समुद्री सतहबाट २ हजार ३०० मिटरमा रहेको चखेवादेखि ४ हजार ११० मिटरको सिलिचुङ डाँडा प्राकृतिक सौन्दर्य, मौलिक जीवनशैली, मिथक, आस्था र किराती संस्कृतिको संगम हो। पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । शितल हावापानी खान तराईका व्यक्ति वा पर्यटन तथा अन्तरिक तथा बाह्य पर्यटक पनि मुन्धुम पदमारर्ग आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता