Logo

श्री मदन बाबा भक्ति केन्द्रको लुम्बिनी प्रदेश समितिमा मन्जु जि.एम. चयन



तुलसीपुर,असार ४ । श्री मदन बाबा भक्ति केन्द्रको लुम्बिनी प्रदेश सम्मेलनले लुम्बिनी प्रदेश समितिको नेतृत्वमा मन्जु जि.एम.लाई चयन गरेकोछ ।
अनन्त परम्-उध्दारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबा ज्यूको ४५औं जन्मोत्सवको शुभ अवसरमा २०८१ जेष्ठ ३१ गते तुलसीपुर उपमहानगरपालिका-१९ स्थान गाउँ स्थित भएको लुम्बिनी प्रदेश सम्मेलनले अध्यक्ष लगायत ११ सदस्य सर्वसहमतिले चयन गरि पुर्ण बैठकमा जिम्मेवारी बाँडफाँड गरेको छ ।

सोहि दिन नवगठित समितिका सदस्यहरु बैठक बसि अध्यक्षमा मन्जु जि.एम. दाङ्ग, उपाध्यक्ष बबिता राजभण्डारी बाँके, सचिव जिवा बुढाथोकी प्युठान, कोषाध्यक्ष पुष्पा थापा बर्दिया लगायत सदस्यहरु आनन्द राम थारु बर्दिया, सिता शर्मा बाँके, उमा ढकाल रुपन्देही, प्रेम प्रसाद ढकाल नवलपरासी, सिता वि.सी. बाँके, मन्जु सुवेदी रिमाल बाँके र तिलसरा खत्री बर्दियालाई जिम्मेवारी बाँडफाँड गरिएको हो । श्री मदन बाबा भक्ति केन्द्रको विधान बमोजिम १५ सदस्यीय समिति गठन हुने व्यवस्था रहेकोले बाँकी सदस्य आवश्यकता बमोजिम थप गरिनेछ ।

नव गठित समितिका अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुलाई सद्गुरुदेव श्री मदन बाबा ज्युले आशिर्वाद दिदै बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । संस्थागत नीति निष्ठापूर्वक अवलम्बन गर्दै सत्य मार्गमा सदा अगाडि बढ्न मार्गनिर्देश गर्नुभयो ।

भक्ति केन्द्र केन्द्रीय समितिका अध्यक्ष शारदा तिवारी, उपाध्यक्ष अगानी चौधरी, महासचिव निशा राना, सदस्य भरतमणी चौधरी र चन्द्र (गोपाल) बहादुर सोनी, केन्द्रीय सल्लाहकार पुरन चौधरी लगायतले बधाई तथा सफल कार्यकालको शुभका‌मना दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता