Logo

कुरिनटारमा नयाँ दिगो ई–स्टप सञ्चालन



काठमाण्डौं,असार ४ । विद्युतीय सवारीको प्रयोग बढेसँगै दिगो ग्रुपले चितवनको कुरिनटारमा नयाँ दिगो ई–स्टप सञ्चालन गरेको छ ।

यो नेपालका राजमार्गमा उपलब्धमध्ये सबैभन्दा ठूलो चार्जिङ स्टेसन रहेको दिगो ग्रुपको दाबी छ ।

यहाँ चार्जिङ स्टेसनसहित अन्य सेवासुविधा पनि छन् । परिवारमैत्री रेस्टुरेन्ट, द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध हुने दिगो ग्रुपका अध्यक्ष राजन रायमाझीले जनाए ।

लामो दूरीको यातायातमा यात्रुहरूले सुविधाजनक खानपान, शौचालय आदि उपभोग गर्न नपाइरहेको पृष्ठभूमिमा दिगो ग्रुपले राजमार्गमा यस किसिमको सेवा विस्तार गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता