Logo

जेनरल चोइको शालिक अनवरण



काठमाण्डौं,असार ४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तेक्वान्दोका संस्थापक जनरल चोइ होङ हीको पूर्णकदको शालिक एक कार्यक्रमबीच अनावरण गरेका छन् ।

राष्ट्रिय तेक्वान्दो आईटीएफ एकेडेमीले रामेछापको खाँडादेवी गाउँपालिकास्थित गाल्पामा निर्माण गरेको शालिक सदस्य–सचिव घिसिङले अनावरण गरेका हुन् । एकेडेमीले आफ्नै हातामा करिब २५ लाख लागतमा शालिक निर्माण गरेको एकेडेमीका अध्यक्ष रुपसिंह तामाङले जनाएका छन् ।
चोइको पूर्णकदको शालिक नेपाल बाहेक अन्य कुनैपनि राष्ट्रमा निर्माण नगरिएको अध्यक्ष तामाङले जनाएका छन् ।

‘विश्वको कुनैपनि राष्ट्रमा जनरल चोइको पूर्णकदको शालिक निर्माण गरिएको रहेन छ । नेपालमा पनि यो मात्र एक हो । अन्य राष्ट्रमा अर्धकदको शालिक भने बनाइएको रहेछ । यसको जानकारी आजै हामीले कोरियाको मुख्यालयबाट पनि पायौं ।’– अध्यक्ष तामाङले भने ।

त्यस अवसरमा चोइको पूर्णकदको शालिकको तस्वीर पर्वतारोही प्रकाशराज पाण्डेलाई सातै महादेशका अग्ला हिमशिखरमा पु¥याउने गरी हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा सदस्य–सचिव घिसिङ, राखेपका सदस्य अञ्जन धमलालगायतले एकेडेमीमै आयोजित आईटीएफ तेक्वान्दो प्रतियोगिताका विजेता खेलाडीलाई पनि पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता