Logo

कर्णाली प्रदेश सरकारले ल्यायो ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट



सुर्खेत,असार २ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री महेन्द्र केसीले चालु आर्थिक वर्षको भन्दा २ अर्ब कमको बजेट शनिबारको प्रदेश सभामा पेस गरे । केसीले कर्णालीलाई कृषि उपजमा आत्मनिर्भर बनाउनेदेखि यहाँको गरिबी, बेरोजगारी, न्यून उत्पादन, परनिर्भरता र पछौटेपनको दुष्चक्रलाई तोड्ने गरी बजेट तथा कार्यक्रमहरू निर्माण गरेको दाबी गरे ।

‘बजेट सामाजिक, आर्थिक र भौतिक विकास सहितको समाजवाद उन्मुख, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा बजेट केन्द्रित हुनेछ,’ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री केसीले भने ।

प्रदेश सरकारले बजेटमा ७ उद्देश्य, ७ प्राथमिकता र ७ रणनीतिक क्षेत्र निर्धारण गरी ल्याइएको छ । ‘गरिबी निवारण र रोजगारी, प्रदेश सरकारको जिम्मेवारी’को मूल ध्येयअनुसार मुख्यमन्त्री रोजगार कार्यक्रम ल्याइएको छ ।

उक्त कार्यक्रमबाट प्रत्यक्ष रूपमा १६ हजार बेरोजगार व्यक्तिले आंशिक रोजगारी प्राप्त गर्ने सरकारको दाबी छ । त्यसका लागि सरकारले १ अर्ब १६ करोड बजेट विनियोजन समेत गरेको अर्थमन्त्री केसीले बताए ।

प्रदेश सरकारले बेरोजगार जनशक्तिलाई व्यवसाय तथा रोजगारीमा आबद्ध गर्न कर्णाली समृद्धि परियोजना मार्फत श्रम तथा सीप नक्साङ्कन गर्ने र त्यसको आधारमा उद्यमशीलता विकास, रोजगार मेला र सीप विकास कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता