एकै हप्तामा २ पटक सगरमाथाको सफल आरोहण गरिन फोटो पत्रकार पूर्णिमा श्रेष्ठले
काठमाण्डौं,जेठ ६ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। श्रेष्ठले आज (आइबार) बिहान ३ बजेर पाँच मिनेट जाँदा तेस्रोपटक सगरमाथा शिखर चुमेकी हुन् ।
आठ दिनअघि (१२ मेमा)मात्रै उनले दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्। त्यसकाे एकसातामै उनी दाेस्राेपटक सगरमाथा शिखरमा पुगेकी हुन्।
विश्वका दर्जनौँ हिमशिखर आरोहण गरिसकेकी श्रेष्ठले यसअघि सन् १०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन्। विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गएको साउनका पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी थिइन्।
उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। पूर्णीमाले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन्। २०७४ मा उनले मनास्लुको सफल आरोहण गरेकी थिइन्
त्यसपछि अन्नपूर्ण र धौलागिरि आरोहण गरिन्। उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन्। विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन्।