Logo

जिबी राईको पासपोर्ट रोक्का गर्न प्रहरी गर्‍यो पत्राचार



काठमाण्डौं,जेठ १ । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ ।

राईले विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता