विद्युतीय शवदाहको सेवा अब निःशुल्क
काठमाण्डौं,बैशाख १९ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ ।
बुधबार कार्यभार ग्रहण गर्दै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले यस्तो बताए । नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । हाल विद्युतीय शवदाहका लागि ४ हजार ५०० शुल्क लाग्ने गरेको छ ।