Logo

बैंक खातामा भएको पैसा परिवारलाई ट्रान्सफर गरे, फेसवुकमा ‘गुडबाई’ लेखेर लोक गायक बद्रीले गरे देह त्याग



काठमाडौ । लोक गायक बद्री केसीले देह त्याग गरेका छन् । उनी लामो समयदेखि बेलायतमा बस्दै आएका थिए । पोखरा स्थायी घर भएका बद्री बेलायतमा पनि सांगितीक कार्यक्रमहरुका मुख्य आकर्षक हुने गरेका थिए । उनका नजिकका साथीहरुले उनले जिवनभर दुख पाएका कारण यस्तो निर्णय लिएको हुनसक्ने अनुमान गरेका छन् ।

उनी अध्ययनका लागि करिब १५ वर्ष देखि बेलायतमा बस्दै आएका थिए । लण्डनको एजवेरमा बस्दै आएका ३२ वर्षीय केसी रुखमा झु’ण्डि’एको अवस्थामा शनिबार बिहान फेला परेका हुन् ।

उनले घटना हुनु अघि शुक्रवार निकै भावुक स्टटास फेसवुकमा लेखेका थिए । ‘साथी, परिवार र संसारलाई नै ‘गुडबाई’ भन्ने फेसबुकस्टाटस लेखेर केसी आफै काम गर्ने स्थानीय मिल हिल स्कुलको हातामा रहेको एक रुखको सहारा लिएर झु’ण्डि’एको उनका सहकर्मीले बताएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र शव प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । शुक्रबार दिउँसो बिहान घरबाट निस्किएका र उनको फेसबुक स्टाटस देखेपछि सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । उनले आफ्नो बैङ्क खातामा भएको रकम पनि परिवारका सदस्यको नाममा ट्रान्सफर गरेका थिए ।

गायन क्षत्रमा समेत रुची राख्दै आएका केसीले अल्डरसटको निरमाया रोधीघरमा सन् २००९ देखि झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए । उनी बेलायती नेपाली समाजमा लोकदोहोरी गायकको रुपमा स्थापित भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता