Logo

नेपाली कांग्रेसका नेता लामाको निधन



काठमाण्डौं,असार ९ । नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ ।

सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए ।

ब्ल्ड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए ।

लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उमेदवार थिए।तर, पराजित भएका थिए ।

लामाकी पत्नीको गत वर्ष निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता