Logo

ओलीले गरे अर्थमन्त्री महतको प्रशंसा



काठमाडौं,२३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा प्रकाशशरण महतको खुलेर प्रशंसा गरेका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिपक्षी दलको तर्फबाट धारणा राख्ने क्रममा अर्थमन्त्री महतको कसम खाएर कमजोरी ढाकछोप गर्ने बानी नभएर डटेर सामना गर्ने बानी रहेको भन्दै प्रशंसा गरेका हुन् ।

उनले भने ‘अर्थमन्त्रीको कसम खाने बानी रहेनछ । राम्रो लाग्यो । सफाइ दिनुभयो । उहाँले भनेको कुरा नै साँचो होस्, सञ्चारमाध्यमा आएका समाचार झुटो हुन्’ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता