Logo

नेपाल-भारत सीमा समस्या चियागफ मै समाधान हुनसक्छ : जसपा प्रवक्ता



काठमाडौं,जेठ  १४ गते । जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणले दुई देशबीचको मित्रता अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरेका छन् ।

‘भारत नेपालको निकटतम मित्रराष्ट्र हो । हामीबीच राज्य-राज्य स्तरमा मात्र होइन, जनता-जनताबीच पनि अन्योन्याश्रित सम्बन्ध छ । यो प्रधानमन्त्रीजीको पहिलो विदेश भ्रमण हो । दुई देशबीचको मित्रता यसरी नै अघि बढ्ने हो । यसले मित्रता झन् बलियो हुनेछ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

नेता सुमनले विद्युत् प्रसारण लाइन, हवाई रुट, व्यापार घाटाका विषयमा पनि भारतसँग समझदारी हुने विश्वास व्यक्त गरे । साथै उनले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक तवरमै समाधान गर्नुपर्ने औंल्याए । सुमनले थपे, ‘नेपाल र भारत बीच झन्डै १८ सय किलोमिटर खुला सीमा छ । हामीलाई कसैको एक इन्च भूमि चाहिँदैन, हाम्रो एक इन्च भूमि कसैलाई दिँदैनौं । सोकल्ड राष्ट्रवादी भनाउनेहरु तीलको पहाड बनाएर काठमाडौंमा जुलुस निकालेर दुई देशबीचको सम्बन्ध बिगार्ने काममा लाग्छन् । तर यो चियागफमै पनि समाधान हुन सक्छ ।’

नेपालको भूमि छिमेकी देशलाई हानि पुर् याउने नभई सहयोग पुर् याउने खालको हुनुपर्ने उनको कथन छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता