Logo

पूर्व प्रहरी रहेका बुवाको ज्याकेट लगाएर विमानस्थल जाँदा आमा छोरा ठूलो घटनामा फसे



काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको ५० रा’उ’ण्ड गो’ली प्रहरीकै हुनसक्ने देखिएको छ। प्रहरीकै ज्याकेटवाट ति सामान वरामद भएपछि प्रहरीले यस्तो आशंका गरेको हो । पक्राउ परेका युवकका बुवा पूर्व प्रहरी रहेको खुलेको छ । पूर्वप्रहरी नायव निरीक्षक ९सई० रामचन्द्र राईको प्रहरी पोशाकमा उक्त गो’ली फेला परेको थियो।

उनका छोरा झापा मेचीनगरका २० वर्षीय बद्रिहाङ राई र श्रीमती मुनादेवी राईले घर जाँदा रामचन्द्रको ज्याकेट लगाएका थिए। ज्याकेटमा ति सामान फेला परेका हुन् । तर उनीहरुले ज्याकेटको गोजीमा गो’लि भएको थाहा नपाएको बताएका छन्। रामचन्द्रले ज्याकेट ल्याइदिन भनेकाले उनीहरुले लगेजमा ज्याकेट लगेका थिए।

विमानस्थलमा स्किनिङं गर्दा संकेत थाहा पाएपछि प्रहरीले खोजतलास गर्दा ति बस्तु फेला परेका थिए । उनीहरु १२ः३५ बजे श्री एयरलाइन्सको उडानवाट काठमाडौवाट झापाको भद्रपुर जान लागेका थिए। विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार गो’ली लैजानुको उद्देश्यबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता