Logo

जुनियर राष्ट्रिय टेबलटेनिस सुरु



काठमाडौं, बैशाख ५ गते । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा दोश्रो संस्करणको विविध खेलकुदअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

प्रतियोगितामा विभिनन ८ जिल्ला र प्रहरी गरी ९ टिमका १ सय ६० खेलाडीको सहभागिता रहेको आयोजक एकेडेमीअन्तर्गत टेबलटेनिस विभाग प्रमुख महेन्द्र लिगलले जनाएका छन् । प्रतियोगितामा यु–१५ तथा यु–१९ तर्फ ब्वाइज÷गल्र्समा ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार हात पार्ने छन् । क्वाटरफाइनल पुग्ने खेलाडीलाई जनही ३ हजार नगद पुरस्कार प्रदान गरिने छ । यसै प्रतियोगिताबाट भारतको अरुणाचल प्रदेशमा हुने दक्षिण एसियाली टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी छनोट गरिने विभाग प्रमुख लिगलले जानकारी गराए । दुवै उमेरसमूहमा समान ३–३ ब्वाइज÷गल्र्स गरी १२ खेलाडी छनोट गरिने छ ।

प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले खेल खेली उद्घाटन गरे । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।
एकेडेमीले विविध खेलकुदअन्तर्ग घोषणा गरेको १४ प्रतियोगिता मध्ये टेबलटेनिस प्रतियोगिता पहिलो भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता