लोसपाबाट शरत सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
काठमाण्डौं,चैत १६ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट शरत सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएका छन्।
सत्तारुढ गठबन्धनमा भएको मन्त्रालयको भागबण्डा अनुसार लोसपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाएको हो।
लोसपाले आफूले पाएको मन्त्रालयमा यसअघि नै भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको थियो।
भण्डारी महोत्तरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।




