राष्ट्रपति चुनावमा भोट माग्दै पौडेल पुगे रास्वपा कार्यालय
काठमाण्डौं,फागुन २० । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मत मागेका छन् । शुक्रबार अपरान्ह पौडेलसहित कांग्रेस नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरा पुगेका थिए ।
त्यहाँ सभापति रवि लामिछानेसहितका पदाधिकारीसँग भेट गरी पौडेलले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा मत मागेका थिए । तर रास्वपा नेताहरुले भने पार्टीको बैठक बसेर निर्णय गर्ने जवाफ दिएका नेताहरुले बताएका छन् ।