माओवादीले शुरु गर्यो सहिद सप्ताह
जुम्ला ,फागुन १५ । जम्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँ पालिकामा माओवादी केन्द्रले पार्टी सुदृढीकरण अभियानको उद्घाटनसँगै शहिद सप्ताह कार्यक्रम सुरु गरेको छ ।
विगत जनयुद्ध कालदेखि सर्वहारा वर्गको हक हितको बिषयमा आवाज उठाउँदै आएको माओवादी , संघियता , धर्म निरपेक्षता, महिला,दलित , पिछडिएको वर्गलगायतका विषयमा काम गर्दै आएको माओवादी तर अन्य दलले यसमा रजाइँ गरेको अभियानका इन्चार्ज दलवहादुर जिसीले बताए ।
उनले भने पार्टी भित्रका नेता कार्यकर्ताले गोपनियता भङ्ग गर्ने , अनुशासन हिन, गुडबन्दि जस्ता नराम्रा कार्य हटाएर अब दुई महिने अभियानबाट सुधार हुन जरुरी देखिन्छ ।
पार्टी भित्र एउटा काम गर्ने , व्यवहार अर्को गर्ने र बोल्दा फरक तरिकाले बोल्ने माओवादी केन्द्रका नेता कार्यकर्तामा यो प्रवृधि छ । यसलाई हटाउनको लागि पार्टीले
दुई महिने सुदृढीकरणको अभियान देशै भरी चलाएको हो जिसीले बताए ।
सिँजा गाउँपालिकामा स्थानिय पञ्चे बाजागाजाले भव्यका साथ अभियानको उद्घाटन गरेको र कनकासुन्दरीमा पनि उद्घाटन गरेको इन्चार्ज जिसीले जनाउनु भएको छ ।
हिमा गाउँपालिकामा पनि माओवादी केन्दका नेता कार्यकर्ताको उपस्थितिमा २ महिने पार्टी सुदृढीकरण अभियानको उद्घाटन भएको अभियान इन्चार्ज लक्ष्मीकन्या बुढाले बताउनु भयो ।
नेपालका ७७ वटै जिल्लाका प्रत्येक पालिकामा फागुन १४ गते उद्घाटन गरिएको छ । त्यस्तै गरी जुम्लाका ८ वटै पालिकामा विभिन्न कार्यक्रम गरी अभियानको उद्घाटन भएको माओवादी केन्द्र जुम्लाले जनाएको छ ।
२०५२ साल फागुन १४ गतेका दिन जनयुद्धको पहिलो शहिद बालक दिलवहादुर रम्तेल रहनु भएको थियो । शहिद सप्ताह पनि सुरु भएको छ ।