Logo

राष्ट्रपति कांग्रेसलाई दिने बालुवाटारमा सहमति



काठमाडौं,फागुन १२ ।  बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ । बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

को उम्मेदवार ? हुन्छ भन्ने विषयमा कांग्रेसले निर्णय लिने उनको भनाई छ । राष्ट्रपतिको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमोर्चाका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता