Logo

राष्ट्रिय वाणिज्य बैंक क्वाटरफाइनलमा



काठमाण्डौं,माघ २५ ।  राष्ट्रिय वाणिज्य बैंक १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल आयल निगम ‘बी’, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण ‘ए’ र ‘बी’, नेपाल विद्युत प्राधिकरण ‘ए’ र ‘बी’ तथा एभरेष्ट बैंक पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । फुटसल बुधबार सम्पन्न हुनेछ ।

माघ २६ गतेदेखि ब्याडमिन्टनको प्रतिस्पर्धा सुरु हुने पेस्डानका महासचिव एवं ब्याडमिन्टनका संयोजक रामविनय श्रेष्ठले जनाएका छन् । फुटसल र ब्याडमिन्टनको कुल पुरस्कार राशी २ लाख २५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता